निर्मलालाई न्याय माग्दै कञ्चनपुर फेरी बन्द

१६ आश्विन २०७५, मंगलवार १०:५५
 

सदरलाइनडटकम,
कञ्चनपुर : निर्मलाका लागि न्याय माग्दै मंगलवार कञ्चनपुर बन्द आव्हान गरिएको छ । निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषी पत्ता नलागेको भन्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले बन्द आव्हान गरेको हो ।
निर्मलालाई न्याय दिलाउने उद्देश्यल एकदिने बन्द आव्हान गरिएको नेवि संघ कञ्चनपुरका सदस्य तेजबहादुर साउँदले बताए । केन्द्रीय निर्देशानुसार आफूहरुले कञ्चनपुर बन्द गरेको उनले जानकारी दिऐ । बन्दका कारण बिहानैदेखि कुनैपनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरुसमेत बन्द छन् ।
नेवि संघको आव्हानमा गरिएको बन्दमा सहमति जनाउँदै उद्योगी व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी पनि सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका छन् ।
सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलित छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् । (तस्बिर : उज्यालो अनलाइन)

Next Post

प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान

१६ आश्विन २०७५, मंगलवार १०:५५
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो । युनिभर्सिटी अफ पिसु कार्यक्रममा सम्बोधन गर्दै उनले शान्ति युद्धको अभाव नभई जबरजस्ती मौनता या घर्षणको सहष्णिुता भएको बताए । प्रधानमन्त्री ओलीले यो राजनीतिक, […]