सदरलाइनडटकम,
बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका नेता एवं शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीवार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । वडा नं. ५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ ।
मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका थिए । उनीहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली लागेर सामान्य घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
