नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग माहासंघ, नेपालगञ्जको आयोजनामा १५ दिने स्टार्ट अप तथा सघन परामर्श तालिम नेपागञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज व्यवसाय संवर्धन केन्द्रको समन्वयमा सञ्चालित तालिममा २५ जना उद्यमीहरुको सक्रिय सहभागीता रहेको थियो ।
व्यवसाय गरिरहेका एक तहका व्यवसायीहरुलाई बजारको कसरी प्रवद्धन गर्ने, व्यवसायलाई कसरी व्यवस्थापन गर्ने तथा नयाँ काम गर्र्ने उद्यमीहरुलाई व्यवसाय दर्तादेखि व्यवसायिक योजना तर्जुमा कसरी गर्ने र नेपालको प्रचलित कानुन बमोजिम कसरी गर्न सकिन्छ भन्ने बिषयमा स्टार्टअप व्यवसायिहरुलाई उद्यमशील बनाई रोजगारीको सृजना गर्न सकिन्छ भन्ने राज्यको नीति बमोजिम नेपाल घरेलु तथा साना उद्योग माहासंघ र नेपालगञ्ज उपमाहानगरपालिका बिच सहकार्य भै कार्यक्रम संचालन हुँदै आएको हो ।
कार्यक्रमका प्रमुअ अतिथी ,नेपालगञ्ज उपमाहानगरपालिकाका प्रमुख प्रसान्त बिष्टले प्रतिवद्धता समेत व्यक्त गरे । नेपाल घरेलु तथा सानाउद्योग माहासंघ, नेपालगञ्ज अध्यक्ष डिला कुमारी शाहले राजनीतिक दलका भात्री संगठन जस्तै व्यापारका प्रकृति अनुसारको उद्यमका बिभिन्न सेक्टर पढ्ने प्राक्टिकल सहितको उद्यम शिलता बिकासको ठाउँ हुनुपर्ने शैक्षिक प्रमाण पत्र जति भएता पनि सामान्य चिया बनाउन समेत नसक्नेसम्मको शिक्षाले उद्यमशिलतामा प्रभाव पार्न नसक्ने कुरा औल्याउँदै उद्यमशिल बिकासमा ब्यवसाय अध्यनका ठाउँहरु हुनुपर्नेमा राज्यले त्यसतर्फ ध्यानदिन जरुरी रहेको कुरामा जोड दिइन ।


सिकाई तथा नवप्रवर्तनमा आधारित नवउद्यमशाला कार्यक्रममा तालिममा सहभागीहरुलाई उद्यमशिलता बिकास, व्यबस्थापन व्यवयिक योजना तर्जुमा तथा नेपाल सरकारको स्टार्टअप कार्यबिधि २०८१ संग सम्बधित बिषय बिज्ञ प्रशिक्षकहरु द्वारा प्रशिक्षण दिनुका साथै नवउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सेवाको नेपालगञ्जका सुपरमार्केट परिसरमा २५ वटा स्टल राखी प्रदशनी गर्नुका साथै बाँके तथा बर्दियामा स्थापित भएका घरेलु तथा साना उद्योगको अवलोकन भ्रमण सम्पन्न गरेको फोकल पर्सन बिष्णु खनालले जानकारी गराए ।
उनका अनुसार नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिका कार्यालय रनेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज उपमहानगरपालिका समिति विच भएको सम्झौता अनुसार नवप्रवर्तनमा आधारित उद्यमशाला कार्यक्रम संचालन गर्न स्थापना भएको ‘नेपालगंजव्यवसाय सम्बद्र्धन केन्द’ द्वारा आब. २०७८/०७९ मा १० जना उद्यमी आब. २०७९/०८० मा १३ जना र आब. ०८०/०८१ को अर्धवार्षिक उपलब्धिको रुपमा ७ जना, आब २०८०/०८१ मै थप १५ जना र आब २०८१/०८२ मा २५ जना नवउद्यमीहरुलाई निरन्तर कक्षा संचालन तथा सिकाई भई रहेका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस केन्द्रको उद्देश्य बमोजिम नवउद्यमीहरुलाई विभिन्न समयमाव् यवसाय संचालनको विभिन्न तरिका, व्यवसायीक संजालनिर्माण, लगानीको खोजी तथा लिङ्केज जस्ता बिषयमा विभिन्न तालिम, प्रशिक्षण, अनुभव साटासाट, प्रविधिको प्रयोग, लघु घरेलु तथा साना उद्योगहरुको अवलोकन, उद्यमीले उत्पादन गरेको बस्तु तथा सेवाको प्रबद्र्धन एंव प्रर्दशनी, आदी कार्यहरु रहने खनालले जानकारी दिए ।
समापन कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख विष्टद्वारा तालिममा सहभागीहरुलाई प्रमाणपत्र पत्रप्रदान गरिएको थियो । नवउद्यमीहरुलाई राज्यमै सरकारद्वारा सिकाई तथा नवप्रवर्तनमा आधारित उद्यमशालाको विकास गरि बिना झन्झट सहजढंगले काम गर्ने वातावरण र समर्थन गरेमा स्बरोजगारी तथा रोजगारको विकास हुने बिदेश गएका र जान लागेका युवाहरुलाई स्वदेशमा बस्न प्रेरणा मिल्ने तालिममा सहभागी प्रशिक्षार्थीहरु बताउँछन् ।