सुदूरपश्चिम सरकारले ५ जना खेलाडीलाई सम्मान गर्ने

सदरलाइन संवाददाता ४ चैत्र २०७९, शनिबार १४:४८
 

धनगढी : आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो ।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूर्ण जित हासिल गरेको थियो ।नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई विशेष धन्यवाद दिदैं सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जानकारी दिएको छ ।


यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षक संघ बाँकेको अध्यक्षमा शर्मा निर्वाचित

४ चैत्र २०७९, शनिबार १४:४८
नेपालगञ्ज : नेपाल शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषिराज शर्मा निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनबाट शर्मा ६ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी शेखरबहादुर रावतलाई दोब्बर बढी मतले पराजित गरे । निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता चित्रबहादुर शाहीले दिएको […]