बाँकेमा नेपाली सेनाले शुरु गर्यो बृहद् वृक्षरोपण

सदरलाइन संवाददाता १५ श्रावण २०८०, सोमबार १४:३७
 

नेपालगञ्ज : बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाहमा वृक्षरोपण शुरु गरेको छ । ब्यारेकपछाडिको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाहमा सोमबार वृक्षरोपण शुरु गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षरोपण गरेका छन् ।

गणपति पौडेलका अनुसार, सितलचिनी, बकाइनो, निम, अमला, अम्बालगायत बिरुवा रोपिएको छ । २६ विगाहमा ५ हजार बिरुवा रोप्ने तयारी गरिएको छ ।


सोमवार एक हजार पाँच सय विरुवा रोप्ने गरी जनशक्ति परिचालन गरिएको छ । दुई हप्तामा सबै रोपिसक्ने तयारी छ ।

वृक्षरोपणमा डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ ले सहयोग गरेका छन् ।

वृक्षरोपण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खानेपानीको उपभोग गर्दै स्थानीय

१५ श्रावण २०८०, सोमबार १४:३७
नेपालगञ्ज : बाँकेमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत आंशिक रूपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभान्वित हुन थालेका हुन् । “पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानेपानीको प्रयोग गर्थे, दुर्गम ठाउँमा कुवाको पानीसमेत खाने गर्थे”, खानेपानी तथा सरसफाइ […]

सम्बन्धित