तालिममा रहेका दमकलकर्मीलाई प्रयोगात्मक अभ्यास

२२ फाल्गुन २०७४, मंगलवार २०:३२
 

सदरलाइनडटकम
२२ फागुन, नेपालगन्ज : तीनदिन अघिदेखि नगरपालिकामा कार्यरत अग्नी नियन्त्रक तथा दमकल चालकका लागि नेपालगन्जमा सञ्चालित १० दिने एडभान्स तालिममा प्रयोगात्मक अभ्यास गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा २० गतेदेखि जारी एडभान्स फयर फाइटिङ, रेस्क्यू र हजमत ह्यान्डीङ तालिममा आगलागी नियन्त्रणका अनेकन विधी र आवश्यक उपकरणको उचित प्रयोग बारे प्रयोगात्मक अभ्यास गराइएको हो ।
प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका पुर्व प्रमुख किशोर कुमार भटराईले प्रयोगात्मक अभ्यासले नै आत्मबलसँगै प्राविधिक दक्षता हासिल हुने विश्वास व्यक्त गरे । बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलखका नगरपालिकाका अग्नी नियन्त्रक, दमकल चालक गरि २५ जनाको सहभागीता रहेको छ ।

Next Post

बाँकेको डुडुवा गाउपालिकामा घरधुरी सर्भेक्षणसंगै घर नम्बर कायम गर्न शुरु

२२ फाल्गुन २०७४, मंगलवार २०:३२
सदरलाइनडटकम २२ फागुन, नेपालगन्ज : स्थानीय तहले दिने सेवा सुविधाको दुरुपयोग नहोस भन्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । मंगलबारदेखि गाउँपालिकाको वार्ड नं. १ होलियाको स्थानीय प्रेमा बर्माको घरबाट घर नंम्बर कायम गरि नम्बर प्लेट टाँस्न शुरु गरिएको जनाएको छ । […]