राधाकृष्ण यातायातको ‘मिसन काठमाण्डौ सुपर डिलक्स’ बस सञ्चालमा

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार ०७:३६
 

कोहलपुर(बांके) : राधाकृष्ण यातायात प्रालिले नेपालगञ्जबाट अब काठमाण्डौ जान र आउनको लागि अत्याधुनिक सुबिधा सम्पन्न ‘मिसन काठमाण्डौ सुपर डिलक्स’ बस सञ्चालमा ल्याएको छ । राधाकृष्ण यातायात प्रालिका अध्यक्ष सनत रेग्मीले नेपालगञ्जबाट डिलक्स बस काठमाण्डौका लागि छुटाएर सेवा सञ्चालनमा ल्यआएको बताए ।

नेपालगञ्जबाट बेलुका ६ बजे र कोहलपुरबाट ७ बजे निश्चित समयमा छुटने यी डिलक्स एसि बसको प्रत्यक सिटमा मोबाईल चार्जको ब्यबस्था, फुल फोल्डिङ सिट रहनुका साथै एलईडि टिभि, कुलर हिटर समेत रहेका छन । प्रत्यक सेवाग्राहिलाई पिउने पानी सहित सुरक्षित तथा आरामदायी सेवा दिने यस प्रालिले प्रचलनका भिडभाडवाला होटेलमा नभएर थकाली भान्सा घरमा खाना खुवाउने ब्यबस्था मिलाएको जनाएको छ ।


प्रत्यक दिन १ टिप नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगञ्ज गर्ने यी बसहरुलाई कोहलपुर नेपालगञ्जका युवा यातायात ब्यबसायीहरुले सञ्चालनमा ल्याएका हुन । परम्परागत शैलिलाई तोडदै यात्रुहरुबाट गुणासो गर्ने बाताबरण आउन नदिने गरि सेवामा कन्जुस्याई नगरिने प्रालिका अध्यक्ष रेग्मीले बताए ।

राधाकृष्ण यातायात सेवा प्रालिले यात्रुहरुलाई अखाद्य तथा स्वादरहित खाना नहोस भनेर खानाको लागि नेपालगञ्जबाट जादा दाङको भालुबाङमा र काठमाण्डौबाट नेपालगञ्ज फर्किदा चितवनको चुम्लिङटारमा थकालि होटेलमा खाना खाजाको सुपथ तथा गुणस्तरीय ब्यबस्था गर्ने समेत जनाएको छ । ‘मिसन काठमाण्डौ’ नारा सहित सञ्चालित यस एसि डिलक्सको एकतर्फी भाडा दर २ हजार १ सय पैंतिस रहेको छ ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिन शुरु

२६ फाल्गुन २०७९, शुक्रबार ०७:३६
नेपालगञ्ज : बाँकेमा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिन शुरु गरिएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिन थालिएको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई […]