बाँकेमा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिन शुरु

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार १४:०५
 

नेपालगञ्ज : बाँकेमा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिन शुरु गरिएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिन थालिएको हो ।

कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर बुष्टर डोज दिन थालिएको उनको भनाइ छ ।


कोभिड १९ संक्रमण भएकाहरूले पनि संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने उनको भनाइ छ । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने छ ।

आगामी ३० गतेसम्म बाँकेमा बुष्टर डोज लगाउने योजना छ । सोहीअनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, जानकी र डुडुवा गाउँपालिकामा खोप अभियान सुरु भएको हो । राप्तीसोनारी गाउँपालिकामा र जानकी गाउँपालिकामा १८००/१८००, कोहलपुर नगरपालिकामा दुई हजार, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा १५००/१५००, डुडुवा र नरैनापुरमा १२००/१२०० र नेपालगञ्ज उपमहानगरपालिकामा २६०० डोज खोप लगाउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलाडीलाई पोशाकलगायतका सामग्री हस्तान्तरण

२६ फाल्गुन २०७९, शुक्रबार १४:०५
बाँके (बैजनाथ) : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई पोशाक लगायतका सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाको खेलकुद विकास समिति संयोजक महाबीर थारुको अध्यक्षता तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीलाई शुभकामना दिनुका साथै पोशाक लगायतका सामग्री हस्तान्तरण गरिएको हो । […]