सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पतालको प्रयोगशालामा बुधबार दिउसो नयाँ ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ पहिचान भएका संक्रमितहरु मध्ये ३ जना कोहलपुरका, १ जना बर्दिया एक जना रोल्पाका रहेको भेरी अस्पतालले जनाएको छ ।
बर्दिया मधुवन नगरपालिका–८ का १८ वर्षिय पुरुष, सुनिलस्मृती–८ रोल्पाका २५ वर्षिया महिला र बाँके कोहलपुर–१२ का १८, १८ र २२ वर्षका पुरुषमा कोरना संक्रमणको पुष्टि भएको छ ।