नेपालगञ्ज : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको मन्त्री बडूले बतए । शनिवार राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको छ ।
शनिवारदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्नेछ । उक्त निर्णय लागुसँगै डिजेल र पेट्रोलको प्रतिलिटर २८ देखि २० रुपैयाँसम्म मूल्य घट्ने छ । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।