सदरलाइनडटकम
३१ बैशाख, खजुरा (बाँके): बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरले स्थानीय महिलालाई व्यावसाय सञ्चालनका लागि सिलाई मेसिन सहयोग गरेको छ ।
वडाका १८ जना महिलालाई व्यावसाय सञ्चालन गर्न सक्ने गरी ६ हप्ते एडभान्स सिलाईकटाई तालिम दिएपछि सो तालिमका सहभागीलाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको हो ।
समृद्धिका पाइला बाँकेले खजुरा गाउँपालिकाको सहयोगमा सिलाईकटाई तालिमको आयोजना गरेको थियो ।
तालिमको समापनमा वडा अध्यक्ष सुमन मल्ल, खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैशी, वडा सचिव चिरञ्जीवी पाण्डे, प्रशिक्षक मिना मिश्राले तालिमलाई उपलब्धीमुलक बनाउन सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिमका सहभागहिरुले केही दिन भित्रै ब्यावसायिकरुपमा सिलाईकटाई संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । समृद्धिका पाईलका अध्यक्ष किरण ढकालले ब्यावसायिक रुपमा सिलाईकटाई संचालनका लागि संस्थाले अन्य सहयोग जुटाउन पहल गर्ने बताए ।
