बाँकेमा बिहीवार ४४ जना डिस्चार्ज

सदरलाइन संवाददाता २७ कार्तिक २०७७, बिहीबार ०८:२७
 

नेपालगञ्ज : बाँकेमा बिहीवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २३ पुरुष र २१ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ४ सय ९१ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ४९ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ६२ र अन्य जिल्लाका २३ गरी २ सय ८५ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

यमपञ्चक शुरु, कागतिहार भने शुक्रवार

२७ कार्तिक २०७७, बिहीबार ०८:२७
नेपालगञ्ज : कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीवारदेखि शुरु हुँदैछ । बिहीवार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान बिहीवारदेखि शुरु हुने भएपनि काग तिहार कात्तिक २८ गते शुक्रवार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए […]

सम्बन्धित