फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते

सदरलाइन संवाददाता २५ फाल्गुन २०७९, बिहीबार १५:१६
 

सुर्खेत : सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिसोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाइएको छ ।

प्रहरीका अनुसार उनीसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका छन् । ‘तीन जना सँगै बसेर पिङ खेल्ने क्रममा डोरी चुँडिएपछि दुई जना घाइते हुनुभएको हो । घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीय छोरा छन् । दुवै जनाको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।


उक्त घटना बुधवार बेलुका भएको हो । घटनाबारे होटेलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि दुईदिने तालिम नेपालगञ्जमा

२५ फाल्गुन २०७९, बिहीबार १५:१६
नेपालगञ्ज : सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश कमिटीको आयोजनामा बाँके र बर्दियाका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि २ दिने खोज मुलक पत्रकारिता तालिम विहिवारबाट नेपालगञ्जमा शुरु भएको छ । पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा सशक्त र व्यवसायिक रुपमा अगाडि बढाउन प्रेरित गर्ने उदेश्यका […]