पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि दुईदिने तालिम नेपालगञ्जमा

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार ०७:१७
 

नेपालगञ्ज : सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश कमिटीको आयोजनामा बाँके र बर्दियाका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि २ दिने खोज मुलक पत्रकारिता तालिम विहिवारबाट नेपालगञ्जमा शुरु भएको छ ।

पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा सशक्त र व्यवसायिक रुपमा अगाडि बढाउन प्रेरित गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताईन् । उनले भनिन–‘यस तालिमले पत्रकार महिलालाई अनुसन्धानात्मक र खोजमुलक समाचार सामाग्री उत्पादन गर्न सहयोग पुग्ने छ ।’


तालिममा पत्रकार रुद्र सुवेदी र सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोललगायतले सहजिकरण गरेका छन । प्रशिक्षणका क्रममा सुवेदीले पत्रकारिता क्षेत्र आफैमा समाज परिर्वतनको बलियो माध्याम भएको बताए ।

साथै उनले यस क्षेत्रमा महिलाको उपस्थितीलाई अझै बलियो बनाउन खोज मुलक पत्रकारिता बढी आवश्यक रहेको कुरामा जोड दिदै यसका लागि बढी भन्दा बढी अध्ययन र श्रोतको पहिचान जरुरी रहेको समेत बताए ।

विहिबारबाट शुरु भएको तालिममा सञ्चारिका समुह लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य लगाएत बाँके तथा बर्दियाका पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राधाकृष्ण यातायातको ‘मिसन काठमाण्डौ सुपर डिलक्स’ बस सञ्चालमा

२६ फाल्गुन २०७९, शुक्रबार ०७:१७
कोहलपुर(बांके) : राधाकृष्ण यातायात प्रालिले नेपालगञ्जबाट अब काठमाण्डौ जान र आउनको लागि अत्याधुनिक सुबिधा सम्पन्न ‘मिसन काठमाण्डौ सुपर डिलक्स’ बस सञ्चालमा ल्याएको छ । राधाकृष्ण यातायात प्रालिका अध्यक्ष सनत रेग्मीले नेपालगञ्जबाट डिलक्स बस काठमाण्डौका लागि छुटाएर सेवा सञ्चालनमा ल्यआएको बताए । नेपालगञ्जबाट बेलुका ६ बजे र कोहलपुरबाट ७ बजे निश्चित […]

सम्बन्धित