सदरलाइनडटकम,
दाङ : प्रतिबन्धित लागुऔषध अफिमसहित सल्यानमा तीन जना पक्राउ परेका छन् । ८ सय ८४ ग्राम लागुऔषध अफिमसहित दाङ र रुकुमका तीन जना पक्राउ परका हुन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका १२ का १८ बर्षीय प्रेम पुन, रुकुमको बाँफीकोट गाउँपालिका ९ बस्ने २० बर्षका कमल विष्टमगर र आठविसकोट नगरपालिका १२ निवासी २२ बर्षका मानबहादुर गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका ढेकेन्द्र खतिवडाले जानकारी दिए ।
उनीहरु जिल्लाको बागचौर नगरपालिका–४ बाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैजनलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
