चिसो बढेपछि चोकचोकमा उप–महानगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था मिलायो

१८ पुष २०७४, मंगलवार १८:४५
 

सदरलाइनडटकम 
१८ पुस नेपालगन्ज : नेपालगन्जमा अत्यधिक चिसो बढेपछि नेपालगन्ज उप–महानगरपालिकाले चिसोबाट जोगिनको लागि नगरका विभिन्न सार्वजनिक स्थानहरुमा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।
विगत तीन दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि सोमबार साँझदेखि नै भिडभाड हुने नगरका विभिन्न स्थानमा आवागमन गर्ने सर्व साधारणका लागि न्यानो पार्न दाउरा बाल्ने व्यवस्था मिलाइएको हो ।
चिसोबाट आहत नगरवासीलाई आगो ताप्ने व्यवस्था गरेर राहत दिलाइएको छ । त्रिभुवनचौक, धम्वोझीचौक, बागेश्वरी मन्दिर लगायतका ११ स्थानमा दाउरा वितरण गरि आगो बाल्ने ब्यवस्था मिलाइएको उप–महानगरपलिका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
जिल्ला बन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरि जिला प्रशासनसँगको सहकार्यमा दुई चटटा दाउरा बितरण गरिएको उनले जानकारी दिए ।
यसै क्रममा जाडो बढिरहेकाले थप वडा र स्थानमा पनि आगो बाल्ने ब्यवस्था मिलाइने उप–महानगरपलिका प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले बताए । चिसोसँगैको शीतलहरले वृद्धवृद्धा, यात्रु, गरिवलाई विशेष कष्ट पु¥याइरहेको छ ।


 

Next Post

देशैभरिका सामाजिक परिचालक कर्मचारीहरु पुर्नवाहलीको लागि आन्दोलन चर्काउदै

१८ पुष २०७४, मंगलवार १८:४५
सदरलाइनडटकम   १८ पुस काठमाडौ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णयले नेपालभर कार्यरत झण्डै ५ हजार सामाजिक परिचालक कर्मचारीहरुलाई विनाकारण निष्कासन गरेको भन्दै उनीहरुले आन्दोलन चर्काउने भएका छन् । जागिरमा पुर्नस्थापनाको लागि मंगलबार सञ्चारकेन्द्र नेपालमा एक पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी उनीहरुले पुर्नस्थापनाको माग गर्दै खुला […]