जुम्लामा आगलागीबाट १४ वर्षीया बालिकाको मृत्यु

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १४:४१
 

जुम्ला : जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।

लोकबहादुर भण्डारीको घरमा सोमवार राती साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।

आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए ।


उनका अनुसार लोकबहादुरको खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन् । उनका अनुसार ढुङ्गा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो ।

प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीर्ण पुलको मर्मत थालियो

२४ माघ २०७९, मंगलवार १४:४१
दाङ : दाङको देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ । लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो । पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन […]

सम्बन्धित