बिद्युतीय सवारी प्रयोगमा ल्याउने कोहलपुर देशकै पहिलो पालिका

सदरलाइन संवाददाता २५ फाल्गुन २०७९, बिहीबार १४:५५
 

नेपालगञ्ज : बिद्युतीय सवारी प्रयोगमा ल्याउने बाँकेको कोहलपुर नगरपालिका देशकै पहिलो बनेको छ । जसका कारण इन्धनमा हुने खर्च कटौतीमा ठूलो राहात पुग्ने नगरपालिकाको विश्वास छ ।

पालिकाको खर्च कटौती, आर्थिक पारदर्शीता र सुशासन कायम गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार एउटा पाटो बिद्युतीय सवारी प्रयोग पनि भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टीम आइसकेपछि नगरपालिकालाई मितव्ययी बनाउन संस्थागत प्रयास थालिएको देखिएको छ ।


यसअघि इन्धनमा हुने कुपन प्रणाली हटाइएको छ । इन्धनमा कुपन प्रणाली लागू गर्दा खर्च अचाक्ली देखिएपछि त्यसलाई पूर्णतः बन्द गरी कर्मचारीलाई विद्युतीय साधनप्रति प्रेरित गरिएको छ । विद्यतीय साधन खरिदमा कर्मचारीलाई १५ र विद्युतीय चुलोमा २५ प्रतिशत अनुदान दिने नीतिगत व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।

नगरपालिकाले विद्युतीय साधनको प्रयोगलाई बढ्वा दिन सार्वजनिक स्थानमा चार्जिङ प्याइन्ट पनि राख्दिएको छ । इन्धनमा हुने फजुल खर्च रोक्ने र वातावरण पनि प्रदूषित नहुने भएकाले बिद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चामलसहितका कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सारमै

२५ फाल्गुन २०७९, बिहीबार १४:५५
नेपालगञ्ज : विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगञ्ज जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ […]