नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको मंगलवार राति १२ बजे र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १२ का ९० वर्षीय पुरुषको बुधवार विहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।