नेपालगञ्ज वडा नंं. ८ को वडा भेला सम्पन्न

३० असार २०७७, मंगलवार ०८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को कहरकै बीचमा नेपालगञ्ज उपमहानगरपालिकामा विकास निर्माणका कामका लागि धमाधम योजना छनौट हुन थालेका छन् । विभिन्न वडाहरुले वडा भेलाको आयोजनागरी योजना छनौट गरिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा ८ ले पनि वडा भेलाको आयोजना गरी योजना छनौट गरेको छ । स्थानीय विकास निर्माणदेखि आर्थिक आयआर्जनका कार्यक्रमहरुलाई प्राथमिकतामा दिन स्थानीयबासीले माग गरेको वडाअध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले जानकारी दिए ।


कोबिड–१९ का कारण वडा भेला ढिला गर्नु परेको जानकारी दिदै उनले त्यसमा पनि सामाजिक दुरीको पालना गरेर भेला सम्पन्न गरिएको बताए । उनले वडालाई सम्बृद्धि हुने खालका कार्यक्रम गर्ने धारणा व्यक्त गरे ।

भेलामा वडा अध्यक्ष बैश्यको साथमा वडा सदस्य रजनी वाजपेयी, निखिल बैश्य, खुसिरानी देवि बानिया, निर्मला कनोजिया,र वडा नम्बर ८ का नन्दकिशोर ठाकुर, सत्यनारायण गुप्ता, गोपिनाथ गुप्ता लगायत अन्य वडाका जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Next Post

लायन्सद्वारा कोरोना परीक्षणको लागि २० लाखको भिटिएम हस्तान्त्रण

३० असार २०७७, मंगलवार ०८:१७
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५बि–२ ले पिसिआर माध्यामबाट कोरोना परीक्षणको स्याम्पल संकलनको लागि आवश्यक पर्ने भिटिएम सेट उपलब्ध गराएको छ । ५ नं.प्रदेश, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भिटिएम सेटको अभावको कारणले परीक्षण प्रभावित भएको जनगुनासो आएपछि लयन्सले सो सहयोग गरेको हो । कोबिड–१९ को […]