खुला सिमाना लागू औषधको ट्राञ्जिट : नियन्त्रणमा चुनौती

रुद्र सुवेदी १२ असार २०८१, मंगलवार १८:४४
 

नेपालगञ्ज :  खुला सिमानको कारण बाँके लागू औषधको ट्राञ्जिट प्वाईन्टको रुपमा विकाशित हुँदै गएको पाईएको छ । लागू औषधको कारोबार तथा दुव्र्यसनलाई न्यूनिकरण तथा नियन्त्रणको लागि प्रहरी नागरिकको सहकार्य हुन आवश्यक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले खुला सिमाना सबै भन्दा ठूलो चुनौती भएको औल्याउदै औषधि जन्य लागूऔषधको दुरुपयोग अत्यन्त बृद्धि भएको पाईएको बताए । उनले भने–‘ नेपाली पाहाडि जिल्लाबाट गाँजा, चरेश र अफिम आउने साथै सिमापारीबाट ब्राउन सुगर, औषधि जन्य लागू औषध आउने भएकोले नियन्त्रणमा खुला सिमानले चुनौती थपिदिएको छ ।

उनले जिल्ला प्रहरी कार्यालय बाँकेको त्रीवर्षिय तथ्याङ्क हेर्दा प्रहरीमा लागू औषध वसार पसार तथा सेवन जन्य कसुरमा २०७८/२०७९ मा १ सय ३४ मुद्दा दर्ता भएको र यसमा २ सय १२ मानिस पक्राउ गर्दा उनीहरुका साथबाट ९ सय ५९ ग्राम ब्राउन सुगर, १४ किलो चरेश, ३ किलो अफिम, २ सय १५ किलो गाँजा नियन्त्रणमा लिएको जानकारी दिए ।

यसैगरी २०७९/२०८० मा १ सय ५७ मुद्दमा २ सय ३६ लाई पक्राउ गरी उनीहरुको साथबाट ८ सय ८२ ग्राम ब्राउन सुगर, ६ किलो गाँजा नियन्त्रणमा लिएको जनाईएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १ सय ६१ मुद्दामा २ सय ४९ पक्राउ गरी उनीहरुका साथबाट ५ किलो ८ सय ६८ ग्राम गाँजा, १६ किलो १ सय ३३ ग्राम चरेश, ८ सय ८९ ग्राम ८ सय ७५ मिलि ग्राम ब्राउन सुगर, ९ किलो ३ सय १३ ग्राम अफिम, ३ लिटर ३ सय मिलि कोरेक्स र ४ सय १२ ट्ब्लेटस रहेको प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकेका पालिका स्तरको मुद्दा हेर्दा सबै भन्दाबढी नेपालगञ्ज उपमहानगरको ७४, कोहलपुर नगरपालिका ४८, बैजनाथ गाउपालिका १९, खजुरा गाउपालिका १५, राप्ती सोनारी ३, जानकी ३ र डुडुवा गाउपालिकाका २ रहेका छन् । भने नरैनापुर गाउपालिकामा भने कुनै पनि मुद्दा नभएको बताए ।


उनले उमेर समुह अनुसार केशलाई एनलाईसिस गर्दा सबै भन्दा बढी १६–२५ वर्ष समुहका १ सय २५ जना, २६–३५ उमेर समुहका ७७ र ३६ वर्षदेखि माथीका १२ जना रहेको जानकारी दिए ।

उनले लागू औषधको कारोबार तथा प्रयोगलाई नियन्त्रण गर्नको लागि प्रहरीको मात्र एकल प्रयासले मात्र संभव नहुने कुरामा जोड दिदै नागरिक प्रहरीका बीचको सहकार्य तथा अभिभावकले पनि आफ्नो सन्ततीको निगरानी गरी सचेतना फैलाउन सकेमात्र नियन्त्रण गर्न संभव हुने कुरामा जोड दिए ।

लागू औषध दुव्र्यसन विरुद्ध सक्रिय संस्था दमयन्ती फाउण्डेशनकी अध्यक्ष ईन्द्रा कुमारी जिसीले बाँकेमा लागू औषदुव्यसनीको अवस्था दिनहु बढ्दो रहेको बताईन । उनले पछिल्लो समय बाँकेमा अध्ययन, तथा विभिन्न क्षेत्रमा राजगारी गर्ने उद्देश्यले आउने किशोरीहरु लागू औषधको कुलतमा फस्नेको संख्या अधिक भएको बताईन ।

उनले भनिन–‘ बाँकेमा महिला दुव्र्यशनीको अवस्था अत्यन्तै नाजुक रहेको छ । उनीहरुको संख्या पनि अधिक रहेको छ । उपचारमा लैजानको लागि अभिभावक पनि सक्षम नहुँदा अवस्था विकराल हुँदै गएको छ ।’ उनले हरेक स्थानीय तहले लागूऔषध दुव्र्यसनमा फसेकालाई उपचारको लागि पहल गर्न सुझाव दिईन ।

लागू औषधको दुव्र्यन र कारोबारलाई प्रहरी प्रशासनले मात्र नियन्त्रण गर्न नसक्ने कुरामा जोड दिदै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सबैको सहकार्य र सहयोगले मात्र संभव हुने बताए ।

बाँकेमा सञ्चालनमा रहेका लागूऔषध दुव्र्यनबिरुद्ध पुनस्थापना गृह २ वटा महिलाका लागि र १८ वट पुरुषका लागि गरी २० वटा सञ्चालनमा रहेका छन । यी पुनस्थापना केन्द्रबाट साढे पाँचसयले सेवा लिनुको साथै यत्तिकै संख्यामा सुधार गृह तथा कारागारमा कैदी बन्दीको रुपमा लागू ओषध वसार पसारको मुद्दाको तथ्याङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीले ल्यायो झन्डै ८६ करोडको बजेट :  कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

१२ असार २०८१, मंगलवार १८:४४
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पन्ध्रौ गाउसभा मार्फत नीति तथा कार्यक्रम र करिव ८६ करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट तथा कार्यक्रम प्रस्ततु गरेका थिए । राप्तीसोनारीले आगामी बजेट करिव ८६ […]