बाँकेमा पाँच लाखभन्दा बढीको प्रतिबन्धित पटका नष्ट

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १३:४८
 

नेपालगञ्ज : बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाखभन्दा बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।

भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा जिल्लाभित्र भित्र्याइएका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर शनिबार जिल्ला प्रहरी कार्यालय परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


भारतबाट अवैधरुपमा भित्र्याइएका ती पटका नेपालगञ्जका विभिन्न स्थान र खजुरा गाउँपालिकाका विभिन्न वडाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएर नष्ट पारिएका पटकाको अन्दाजी मूल्य ५ लाख १६ हजार ७ सय ६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

पटकाजन्य वस्तु हरेक वर्ष चाडपर्वका समयमा भारतका विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने गरेको पाइन्छ । पटकाजन्य वस्तुले स्वास्थ्य, वातावरण तथा धनजनमा क्षति गर्छ । प्रशासनले पटकाजन्य वस्तुको ओसारपसार, विक्रीवितरण र पड्काउन प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोराहीमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

२६ कार्तिक २०८०, आईतवार १३:४८
नेपालगञ्ज : दाङको घोराहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन् । उनी सशस्त्र प्रहरीमा कार्यरत थिए । चौधरी सामुदायिक बनमा पात टिप्न गएको समयमा छातीमा गोलि लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक मल्लले बताएका छन् । हत्या आरोपमा प्रहरीले […]