नेपाल मुद्रण उद्योग संघ बाँकेमा पौडेल

सदरलाइन संवाददाता २४ माघ २०७७, शनिबार १९:२२
 


नेपालगञ्ज :  नेपाल मुद्रण उद्योग संघ बाँकेको शनिबार नेपालगञ्जमा भएको जिल्ला भेलाले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

मिसन मल्टिमिडिया प्रालिका प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक समेत रहेका पौडललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणी उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरेको छ ।


यस्तै संघको सदस्यहरुमा हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढकबहादुर थारु, दुर्गा प्रसाद रेग्मी र सुवास ठठरे रहेका छन् । यसैगरी शनिबार नै बसेको जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सल्लाहकारहरुमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह, मिना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहेका छन् । अध्यक्ष पौडेलले छरिएर रहेका मुद्रण व्यवसायीहरुलाई पेसागत रुपमा एकताबद्ध गर्दै संघ अघि बढ्ने बताए । उनले बाँकेका सम्पूर्ण व्यवसायीका हकहितका पक्षमा संघले काम गर्ने प्रतिबद्धता जनाए ।

Next Post

सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाबिरुद्धको खोप लगाईदै

२४ माघ २०७७, शनिबार १९:२२
काठमाण्डौं : कोरोनाको संक्रमणबाट जोगाउन सरकारले सञ्चारकर्मीहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । सो खोप माघ २६ गते सोमबारबाट लगाउन सुरु गर्ने जनाईएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सोमबारबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको […]