
सदरलाइनडटकम
२४ बैशाख, नेपालगन्ज : क्यान्सर अस्पताल खजुराले सोमवारदेखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बाँके क्षेत्र नं.४ का तत्कालीन सांसद दलबहादुर सुनारले सांसद क्षेत्र विकास कोषद्वारा प्रदान गरिएको ८ लाख र अस्पतालको तर्फबाट २ लाख १२ हजार ४ सय रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स संचालनमा ल्याइएको हो ।
सोमवार विहान पूजापाठपछि एम्बुलेन्स सेवा प्रारम्भको खजुरा गाउँपालिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले गरेका थिए । क्यान्सरका बिरामीलाई अस्पताल पु¥याउन र खजुरा क्षेत्रका अन्य बिरामीलाई अस्पतालसम्म पु¥याउन सहजता ल्याउन सहयोग पुग्ने छ ।



