राष्ट्रिय युवा संघ नेपाल बाँकेको अधिवेशन नेपालगञ्जमा जारी

सदरलाइन संवाददाता २० फाल्गुन २०७९, शनिबार १५:२१
 

नेपालगञ्ज : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको ९ औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।

नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९ औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले युवा संघ परिवर्तनकारी शक्ति रहेको बताउँदै एकताबद्ध ढङले अगाडि बढनुपर्ने बताए ।

देश परिवर्तनको जिम्मा युवाको काँधमा आएको भन्दै बस्नेतले अहिले देशमा अस्थिरता चहाने शक्तिहरु सल्बलाई रहेको परिप्रक्ष्यमा देशभक्त युवा शक्ति चनाखो भएर अस्थिर चहानेहरुको सपना तुहाउन अग्रसर रहनुपर्ने बताए ।


कार्यक्रममा बिशिस्ट अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण पौडेल, नेकपा एमाले केन्द्रिय सदस्य बाँके इन्चार्ज एव सांसद सुर्य ढकाल, युवा संघ लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मा लगायतले अधिबेशन शुभारम्भका अबसरमा आ–आफनो भनाई राखेका थिए ।

युवा संघ बाके अध्यक्ष ज्ञानेन्द्र वलिको अध्यक्षता एबं सचिब रमेश मिजारको सन्चालनमा भएको सम्मेलनमा युवा संघका केन्द्रिय सदस्य कुस्माखर बस्यालले स्वागत मन्तब्य राखेका थिए ।

९ औं अधिबेशनले सर्बसम्म्त नेतृत्व चयनका लागि पहल भईरहेको आयोजनकले जानकारी दिएको छ । नयाँ पुस्तालाई युवा संघमा जोडनु पर्ने सहभागी युवाहरुको आवाज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोरी शिकारी नियन्त्रण र संरक्षणमा युवाको भूमिका महत्वपूर्ण छ : मन्त्री चौधरी

२० फाल्गुन २०७९, शनिबार १५:२१
कोहलपुर (बाँके) : लुम्बिनी प्रदेशका बन तथा वाताबरण मन्त्री दुर्गाप्रसाद चौधरीले चोरी शिकारी नियन्त्रण तथा पर्याबरणको संरक्षणमा युवाको सहभागिताले अर्थपूर्ण सन्देश दिने बताएका छन् । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकाु समितिको आयोजनामा बन्यजन्तुको संरक्षण सबैको साझेदारी चोरी शिकारी नियन्त्रणमा युवाको सहभागिता भन्ने मूल नाराका साथ मनाईएको समुदायमा आधारित चोरी […]

सम्बन्धित