२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

जानकीको विकासप्रति नागरिकको चिन्ता



जानकी (बाँके) : बिभिन्न ७ बुदे प्रतिबद्धता ब्यक्त गर्दे जानकी गाउँपालिकाका बाँकेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा २०७९ फागुन २६ गते सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । सुनुवाइमा नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिकासंग विकासका बिभिन्न माग राखेका थिए ।

गाउँपालिका भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । बाटो घाटो, सडक र पुलको समस्या संगै सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षाको गुर्णस्तर, लागुपदार्थ दब्र्यशनको समस्य, खेलकुद, सामाजिक विकास, लक्षित वर्ग उत्थानका कार्यक्रम लगायतको विषयमा नागरिकहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरेका थिए ।

जानकी गाउँपालिकाको प्रांगणमा भएको सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले पालिकाको सामाजिक विकास, बाटो, घाटो, सडक र पुल पुलेसा, नाला निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएको भएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक तथा पुलको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो ।

नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागिपर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले बाटो तथा सडक निर्माण हुन बाँकी क्षेत्रमा यो अर्को आर्थिक वर्षभित्र निर्माण गर्ने बताए । उनले भने “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।”

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्षहरु र बिभिन्न शाखाका शाखा प्रमुखले सहभागिहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । सुनुवाइमा उठेका सवालहरुलाई समेटेर ७ बुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषण गरिएको छ ।

बासका केन्द्रीय कार्यबाहक अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाले गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा जानकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले प्रस्तुत गरेका थिए ।

बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिऐ । सुनुवाइमा ३८० बढि स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार
ताजा समाचार