२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

हज यात्राका लागि आवेदन खुल्यो



काठमाण्डौ : सन् २०२३ मा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीका लागि आवेदन खुला गरिएको छ । नेपाल हज समितिले बिहीबार सूचना प्रकाशन गरी आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन भनेको छ ।

साउदी अरब सरकारले यसपटक हज यात्राका लागि नेपाललाई १२ सय कोटा छुट्याएको छ । समितिका अनुसार हज यात्राका लागि पहिलो किस्ता वापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्ने छ ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नु पर्नेछ । थप जानकारी आवश्यक परेमा नेपाल हज समितिको सचिवालय सिंहदरबारमा सम्पर्क गर्न भनिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार
ताजा समाचार