२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बर्दियाको राजापुरमा हाडजोर्नी प्लस्टरसहित माईनर सिजर सेवा सञ्चालनमा ल्याईदै



राजापुर (बर्दिया) :  बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब हाडजोर्नी प्लस्टरसहित सामान्य सिजर (अप्रेशन) सेवा सञ्चालनमा आउने भएको छ ।

राजापुर नगरकार्यापालिकाको बैठकले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गर्दै हाडजोर्नी प्लस्टर सामान्य सिजर सेवा दिनसक्ने गरि ब्यवस्थापन मिलाउन निर्णय गरे पछि यो संभव भएको हो ।

राजपुर नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष बिदुर पोखरेलले हाडजोर्नी प्लस्टर र सामान्य सिजर तथा अन्य सेवा सुबिधा यहिबाट दिनसक्ने गरी व्यवस्थापन मिलाउन आवश्यक रकम बिनियोजन गरिएको जानकारी दिए ।

उनले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवामा अपग्रेडको लागि पहल गर्ने नगरप्रमुख दिपेश थारू (राजेश), उप–प्रमुख मनकला चौधरी र नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई धन्यवाद दिए ।

साथै उनले वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा कार्यपालिका पदाधिकारीहरुलाई पनि साथ र सहयोगको लागि अभार व्यक्त गरे । यो सेवा विस्तारसंगै राजापुर नगरक्षेत्रमा हुने सडक दुर्घटनाका विरामीलाई तत्काल राहत हुने तथा उनीहरुले उपचार समेत समयमै पाउने भएका छन् ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार
ताजा समाचार