दाङको घोराहीमा भूपूसैनिक सम्मेलन शुरु

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १३:२४
 

दाङ : ‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा मंगलवारदेखि शुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उदघाटन गरेको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्युठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त सेना सहभागी रहेको नेपाली सेना जनसम्पर्क निर्देशनालयका निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।


सम्मेलनमा ज्येष्ठ पूर्वसैनिक, एकल महिला र सफल उद्यमीलाई सम्मान गर्ने, अशक्तलाई ह्विलचियर र वैशाखी प्रदान गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश प्रमुख जोशीद्वारा सूचना प्रविधि मेलाको उदघाटन

१६ फाल्गुन २०७९, मंगलवार १३:२४
धनगढी : धनगढीमा सुरु भएको सूचना प्रविधि मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गरेका छन् । कम्प्युटर एशोशियसन नेपाल क्यान कैलालीको आयोजनामा सुरु भएको मेलाकोको मङ्गलवार एक कार्यक्रमका बिच प्रदेश प्रमुख जोशीले उदघाटन गरेका हुन् । २० गतेसम्म सूचना प्रविधि मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक […]