सदरलाइनडटकम,
जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस समस्याको समाधान संविधान संशोधनबाट हुने भएपनि मधेशवादी दलबाट संशोधन हुनै नसक्ने दाबी गरेका छन् ।
जनकपुरधामको जिरोमाइलस्थित जनकपुर युथ क्लबको १३औं साधारणसभामा बोल्दै नेता निधिले मधेशवादी दलले मधेशको विकास गर्न सकेपनि मधेशी जनताको एजेण्डालाई कहिले पनि स्थापित गर्न नसक्ने दाबी गरे ।
उनले प्रदेश सरकारबाट केही दिनअघि प्रदेश प्रहरी सेवा ऐन बहुमतबाट पारित भएकोमा खुशी व्यक्त गर्दै उनले प्रदेश प्रहरी ऐनमा नेपाली काँग्रेसको पूर्ण सहमती रहको जानकारी दिए । नेता निधिले संघीयतामा प्रदेश सरकारको आफ्नै संसद, प्रहरी, प्रशासन, अदालत, कर्मचारी हुनुपर्ने काँग्रेसको एजेण्डानै भएको बताए । नेता निधिले प्रदेश २ को नाम मिथिला प्रदेश हुनुपर्नेमा जोड दिए ।
Next Post
लायन्सको चियापान नेपालगञ्जमा सम्पन्न
१७ कार्तिक २०७५, शनिबार १६:४०
सम्बन्धित
-
१५ जेष्ठ २०७९, आईतवार १७:२१
नदीमा डुबेर २ बालकको मृत्यु
-
१० फाल्गुन २०७७, सोमबार ०८:२९
नाइजरमा बम विस्फोट, निर्वाचन आयोगका सात जनाको मृत्यु
-
२७ बैशाख २०७७, शनिबार १६:२५
नेपालगञ्जमा स्वाब संकलनमा तीब्रता
-
२५ आश्विन २०७५, बिहीबार १८:२०
सिक्टाको संसदीय समितिद्वारा अनुगमन
-
१५ माघ २०८०, सोमबार १५:०४
विवाह गर्न वडाको सिफारिस अनिवार्य
-
१० भाद्र २०७९, शुक्रबार १६:४३
पत्रकार महासंघ बाँकेद्वारा तीज मिलन कार्यक्रम