काठमाण्डौ : भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ ।
एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् । बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको उद्धारमा सहभागीहरुले बताएका छन् । बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।