सदरलाइनडटकम
३०, जेठ नेपालगन्ज : यात्रीको ज्यान जोगाएर विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष लामाको नाममा नेपालगन्जमा चोक र शालिक निर्माण शुरु भएको छ ।
काष्ठमण्डप एयरका पाइलटद्वयले १४ फागुन २०७२ मा कालिकोटको चिलखायामा आपूm मरेर यात्रीको ज्यान जोगाएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोकमा शालिक निर्माण शुरु गरेको हो । उपमहानगर प्रमुख डा.धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बुधबार संयुक्त रुपमा शालिकको शिलन्यास गरेका थिए । राँझा चोकको नामाकरण पनि ‘क्याप्टेन चोक’ गरिएको छ ।
राँझा चोकको पश्चिमी दिशामा नेपालगन्ज उपमहानगरपालिकाको उपलब्ध गराएको १० धुर जग्गामा बाटिका, प्रतिक्षालयसहित क्याप्टनद्वयको शालिक निर्माण हुनेछ । क्याप्टेन दिनेश नेपालगन्ज–१२ मुक्तिपुर निवासी हुन् ।
Next Post
आयुशको हत्या गरेको परिवारको दावी
३० जेष्ठ २०७५, बुधबार २०:२६
सम्बन्धित
-
२९ भाद्र २०७८, मंगलवार १९:२६
बाघ नियन्त्रणमा लिन लागि निकुञ्जद्वारा पहल सुरु
-
१८ माघ २०७७, आईतवार १७:१९
नरैनापुरको जमुनाहाबाट हरिणको उद्धार
-
९ कार्तिक २०८०, बिहीबार १३:२०
बाँकेमा साढे १० हजारलाई रोजगारसम्बन्धी परामर्श सेवा
-
७ फाल्गुन २०७८, शनिबार १९:४१
नेपालगञ्जमा त्रिभुवनको शालिक पुर्नस्थापना
-
२८ मंसिर २०७९, बुधबार १३:३७
साहु समाजद्वारा बाँकेमा धर्मशालाको शिलान्यास