एमाले बाँकेका उपाध्यक्ष बिसीद्वारा पुस्तक हस्तान्तरण

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १२:२१
 

नेपालगञ्ज : नेकपा (एमाले) बाँके जिल्ला कमिटी उपाध्यक्ष डिल्ली बिसीको लेखन, संकलन तथा सम्पादनमा तयार पारिएको पुस्तक गन्तव्य मिसन ग्रासरुट अभियान केन्द्रीय नेताहरुलाई हस्तान्तरण गरिएको छ ।

बाँके जिल्लामा मिसन ग्रासरुट(पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का लागि बाँके जिल्लामा आएका नेकपा(एमाले)का केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली र भिम केसीलाई सो प्रशिक्षणमूलक पुस्तक उपाध्यक्ष बिसीले हस्तारण गरेका हुन् । लेखक बिसी नेकपा(एमाले) बाँकेका स्कुल विभाग प्रमुख पनि हुन् ।

बाँके जिल्लामा केन्द्रबाट अभियानको सहजीकरण तथा अगुवाइ गरेर आएका लुम्बिनी प्रदेश कमिटीका सहइन्चार्ज ज्ञवालीलाई बाँकेको डुडुवा गाउँपालिकामा जिल्ला पार्टी अध्यक्ष किस्मतकुमार कक्षपति लगायतका नेताको उपस्थितीमा र अर्का नेता केसीलाई जिल्ला पार्टी कार्यालयमा बिसीले हस्तारण गरेको बताए ।


पुस्तकमा पार्टी विधानमा व्यवस्था भए अनुसारका प्रावधान, जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली समाजको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद(जबज), लेलिनवादी संगठनात्मक सिद्धान्त, जनवर्गिय संगठन सञ्चालन निर्देशिका, नेतृत्व विकास जस्ता प्रशिक्षणमूलक विषयवस्तु सहितको संगालोको रुपमा पुस्तक तयार पारिएको उपाध्यक्ष बिसीले जानकारी दिए ।

पुस्तक विशेषगरी मिसन ग्रासरुटमा पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र नेतृत्व क्षमताबृद्धिका लागि प्रशिक्षकलाई सहयोगी हुने सामग्री रहेका छन् । पुस्तक ग्रहण गर्दै केन्द्रीय सदस्य केसीले यसले अभियामा सहयोगी हुने र अध्ययनको संस्कारलाई बृद्धि गर्ने बताए । यो पुस्तक नेकपा(एमाले)का नेता कार्यकर्ताका साथै एमाले बारे जान्नबुझ्न चहाने सबैका लागि सहयोगी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको घोराहीमा भूपूसैनिक सम्मेलन शुरु

१६ फाल्गुन २०७९, मंगलवार १२:२१
दाङ : ‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा मंगलवारदेखि शुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उदघाटन गरेको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्युठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त […]