बर्दियामा हात्तीले ४ दिनमा ८ वटा घर भत्कायो

सदरलाइन संवाददाता ३ मंसिर २०८१, सोमबार १८:२४
 

बर्दिया : बर्दियाको मधुवन नगरपालिका–१ स्थित कैलाशीमा चारदिन यता बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले आठ घर भत्काएको छ ।निकुञ्जबाट निस्केर राति १ देखि ३ बजेसम्म हात्तीले मध्यवर्ती क्षेत्रमा आतंक फैलाउन थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेको दुःखेसो पोखेका छन् ।

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले चार दिनयता स्थानीय यज्ञराज शाही, चन्द्र बहादुर खडका, प्रेमकला सुनार, युवराज गोरखधामी, खम्ब शाही लगायत आठ जनाको कच्ची घर हात्तीले भत्काएको जानकारी दिए ।


हात्तीको आतंकका कारण स्थानीय निकै त्रसित भएका छन्,’उनले भने,‘रात पर्न साथ मानिसहरु घर छाडेर अन्यत्र सुरक्षित स्थानमा जाने गरेका छन् । हात्ती धपाउन बर्दिया निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण कोष,निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनालगायत स्थानीय रातभर गस्ती गर्दै आएका छन् । तर हात्तीलाई नियंत्रण गर्न सकेका छैनन् ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले हात्तीले आतंक फैलाएपछि त्यसलाई नियन्त्रण गर्न सबै निकाय परिचालित भएको बताए । बर्दिया निकुञ्जमा करिब १ सय २० वटा हात्ती रहेको अनुमान छ । ईकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरेलको श्रद्धाञ्जली सभा, निष्ठाको राजनीतिले मात्र समाजमा योगदान दिन सक्ने ठहर

३ मंसिर २०८१, सोमबार १८:२४
घोराही, (दाङ्ग)  :  नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको १३ औ दिनको पुण्य तिथीको दिनमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको […]