कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन पोख्रेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २ मंसिर २०८१, आईतवार १९:१६
 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका–१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन ।


सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाईमा पु¥याउन पोख्रेलले खेलेको भूमिका र पु¥याएको योगदानलाई पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् ।

‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ’–उनले भनेका छन्–‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ ।’

दिवंगत पोखरेल नेकपा एमाले पार्टीका महासचिव शंकर पोख्रेलका दाजुको गत कार्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व सभामुखको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

२ मंसिर २०८१, आईतवार १९:१६
दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले स्व. ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन । विक्रम सवतं २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त […]