सदरलाइनडटकम,
कोहलपुर (बाँके) : प्रदेश नं. ५ की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलका दिवगंत बुवाको अन्त्येष्टि गरिएको छ । मन्त्री पौडेलका बुवा बाबुराम पौडेलको सोमवार बेलुकी राप्ती नदीस्थित अगैयाघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको उपचारका क्रममा भारतको लखनऊमा आइतवार राती ११ बजे निधन भएको थियो । स्वर्गीय पौडेललाई श्रद्धाञ्जली दिन कोहलपुरमा शोकसभा गरिएको थियो । श्रद्धाञ्जली दिन नेकपालगायत विभिन्न दलका नेता कार्यकर्ता उनको निवासमा पुगेका थिए ।
यसैबीच पौडेलको निधनप्रति नेकपा बाँकेले शोक बक्तव्य जारी गरेको छ । चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवाजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन बक्तव्यमा उल्लेख छ ।
