सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि नगरस्तरिय विपद जोखिम व्यवस्थापन कार्य योजना निर्माण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
एनसिडिआर ताईवानको सहयोग तथा ईन्रुडिक नेपालको समन्वयमा सुरु भएको सो तालिममा बाँकेका बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागिता रहेको छ ।
सो तालिमको उद्देश्य तथा परियोजनाको बारेमा अन्तराष्ट्रिय परामर्शदाता समेत रहेका कमलराज अर्यालले सहजिकरण गरिरहेका छन् ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षता तथा बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले स्वागत तथा ईन्रुडिकका अध्यक्ष धर्मलाल रोकायले सञ्चलन गरेको कार्यक्रममा प्रकोप व्यवस्थापनका बारेमा कोहलपुरका फोकलपर्शन अग्नि आचार्य, बैजनाथका फोकलपर्शन तप्तराज आचार्य र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीका नायव उपरीक्षक रमेशबहादुर सिंहले प्रकोप व्यवस्थापनको लागि आ–आफ्नो क्षेत्रले गरेको क्रियाकलापको बारेमा जनाकारी गराएका थिए ।