ब्राउनसुगरसहित बाँकेका २ जना पक्राउ

सदरलाइन संवाददाता १४ बैशाख २०८०, बिहीबार १५:५३
 

बर्दिया : बर्दियामा ब्राउनसुगर सहित बाँकेका २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् ।


प्रहरीका अनुसार, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे.७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागी पीडितलाई राहत उपलब्ध गराइने छ : सांसद नमुना

१४ बैशाख २०८०, बिहीबार १५:५३
नरैनापुर (बाँके) : लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी ‘नमुना’ ले नरैनापुरका आगलागी पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छन् । नरैनापुर–३, ४ र ६ का आगलागी पीडितलाई प्रत्यक्ष भेट गर्दै सांसद केसीले प्रदेश सरकारबाट पीडितलाई राहत उपलब्ध गराउने बताएकी हुन् । ‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ, तपाईको यो पीडामा […]