दैलेखमा भाईले हँसियाले हानेर दाईको हत्या गरे

सदरलाइन संवाददाता ६ मंसिर २०८१, बिहीबार १४:०३
 

दैलेख  : भाईले प्रहार गरेको हसियाले दाईको मृत्यु भएको छ । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाईले दाईको हत्या गरेका हुन् ।

दुल्लू नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।


आफूलाई बोक्सी लगाएर विरामी पारेको भन्दै गएको बुधवार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम भईसकेको छ भने आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचार नियन्त्रण गर्न जारी भएका निर्देशन कार्यान्वयन नभए नागरिकतहबाट खबरदारी गरौंः मुख्यमन्त्री आचार्य

६ मंसिर २०८१, बिहीबार १४:०३
दाङ,  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको एक प्रतिनिधि मण्डलसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश […]

सम्बन्धित