भेरी अस्पतालको आइसोलेशन भरियो, भर्ना लिन बन्द

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १५:२५
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले थप कोरोना संक्रमितलाई आइसोलेशसनमा राख्न नसक्ने भएको छ । अस्पतालको आइसोलेशन संक्रमितले भरिए पछि भेरी अस्पतालले थप कोरोना संक्रमितलाई राख्न नसक्ने भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले बताए ।

उनले भेरी अस्पतालको ६५ बेड मध्ये ३० चैतसम्म ६२ वटा बेड भरिएको बताए । अव थप संक्रमित राख्न सक्ने अवस्था छैन । तीन वटा बेड जटिल खालका विरामीका लागि भनेर छुट्याएर राखेका छौँ,’ उनले भने ।

३१ चैतमा ११३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक पुष्टि भएका संक्रमितलाई राख्न समस्या भएको फोकल पर्सन ओलीले बताए । ‘सिकिस्त विरामीलाई समेत आइसोलेशनमा राख्न सक्ने अवस्था छैन,’ उनले भने ।

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि १४२ बेड ब्यवस्थापना गरिएको छ । तर जनशक्ति अभावका कारण ६५ वटा बेडमात्र संचालनमा ल्याउन सकिएको भेरी अस्प्तालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

उनले हालको जनशक्तिले थप बेड संचालन गर्न नसकिने स्पष्ट पारे । अव आउनेले बेड नपाउने बताउँदै उनले बेड भए पनि जनशक्ति नभएकोले थप संक्रमितलाई भर्ना गर्न नसकिने बताए । उनले अति सिरियस विरामी आए पनि भर्ना गर्न नसकिने जिकिर गरे । ‘विरामी हेर्ने जनशक्ति नभएपछि बेड राख्नुको कुनै तुक छैन,’ उनले भने ।


उनले कोरोना संक्रमितका लागि ब्यवस्थापन गरिएको बेडमा अन्य रोगका विरामीलाई राखिएको जानकारी दिए । कोरोनाका विरामी हेरेर मात्र हुँदैन । अन्य विरामीको पनि उपचार गर्नै पर्यो,’ डा. थापाले भने ।

उनले २४ जना कोरोना संक्रमित आइसियूमा रहेको बताए । ति विरामीको उपचारमा २५ जना विरामी खटिदै आएको उनको भनाई छ । प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सक सहित ४२ जना जनशक्ति दिएको छ । प्रदेश सरकारले दिएको जनशक्तिले ६५ जना भन्दा धेरै विरामी हेर्न सक्ने अवस्था नरहेको डा. थापाले स्पष्ट पारे ।

भेरी अस्पतालको आइसोलेशन कोरोना संक्रमितले भरिएपछि डिसिसिएमसीले स्थानीय तहलाई आइसोलेशन स्थापना गर्न माग गरेको छ । आइसोलेशन अभावमा कोरोना संक्रमितको उपचार र ब्यवस्थापनमा समस्या देखिए पछि डिसिसिएमसीले स्थानीय तहलाई आइसोलेशन स्थापना गर्न सुझाव दिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सरुवा भई गएपछि कोरोना संक्रमितको उपचार र ब्यवस्थापनमा समस्या आएका फोकल पर्सन तेजबहादुर ओलीले बताए । उनले सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी आउने वित्तिकै थप आइसोलेशन निर्माण गरि सञ्चालनमा ल्याइने बताए । ‘२ बैशाखका दिन नयाँ प्रमुख जिल्ला अधिकारी हाजिरी हुनुहुन्छ । त्यसपछि आइसोलेशन निर्माण र संचालनको ब्यवस्थापन हुनेछ,’ उनले भने ।

Next Post

भेरीको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि

१ बैशाख २०७८, बुधबार १५:२५
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचनामा १२३ नमूना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको उल्लेख छ । यो परीक्षण संख्याको ६१ प्रतिशत हो । केहि दिनयता बाँकेमा कोरोना भाइरस संक्रमित संख्या अस्वभाविक […]

सम्बन्धित