फरार अभियुक्त नरेन्द्रमाथि गोली प्रहार

१६ भाद्र २०७६, सोमबार १६:४९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ । ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं. ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सोमवार भेटिएका न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले फायर खोलेको खुल्न आएको छ । प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।
गोली लागेर घाईते भएका न्यौपानेलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ । न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।

Next Post

नदीमा गोही छाडेपछि डुडुवावासी त्रसित

१६ भाद्र २०७६, सोमबार १६:४९
सदरलाइनडटकम, डुडुवा (बाँके) : जिल्ला बन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छोडेपछि स्थानीयले विरोध जनाएका छन् । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका हुन् । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ […]