नक्कली महको कारोबार गर्ने प्रहरी नियन्त्रणमा

१ जेष्ठ २०७५, मंगलवार १९:१३
 

सदरलाइन/रविन्द्र सिंह ठकुरी
१ जेठ, कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली महको कारोबार गर्दै हिड्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट ६ सय २९ लिटर गुणस्तरहीन मह बरामद गरेको जनाएको छ ।

मंगलबार बिहान १० वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवाबाट अबैध रुपमा भारतबाट गुणस्तरहीन मह र त्यसमा मिसावट गर्ने ल्याई विभिन्न सामान सहित गरेको ६ सय ९ लिटर मह बरामद गरेको जनाएको छ ।

भारतको खलिलाबाद घर भई अस्थाई रुपमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बसोबास गर्दै आएका वर्ष ४८ को अलाउद्दिन अन्सारी र वर्ष १८ को राजु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुका साथबाट १५ लिटरका ४० बटा ग्यालिन र १ लिटरका २९ बटा बोत्तल गरि जम्मा ६ सय २९ लिटर तयारी मह र मह मिसावट गर्ने चुक जस्तो तरल पदार्थ १ ग्यालिनमा रहेको १५ लिटर पनि प्रहरीले बरामद गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले सो नक्कली र गुणस्तरहीन मह बरामद गरेको हो ।


 सो मह बेच्न हिडिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्राईले बताए ।

सो महको अवस्था पत्ता लगाउन खाद्य तथा गुण नियन्त्रण कार्यालयमा आबश्यक कारबाहिका लागि पठाईएको प्रहरी नायब उपरिक्षक भट्राईले बताए ।

Next Post

वडा कप रात्री कालिन कबड्डीको उपाधी खजुरालाई

१ जेष्ठ २०७५, मंगलवार १९:१३
सदरलाइनडटकम १ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर ३ ले गत बैशाख २६ गतेदेखि सञ्चालनमा ल्याएको खुल्ला वडास्तरिय कवड्डी प्रतियोगिताको फाईनलमा वडा न ४ को महेन्द्र स्पोर्टस क्लवलाई हराउँदै खजुरा गाउपालिका–८ उपाधीमा कव्जा जमाएको छ । सोमबार अवेर राती सम्पन्न खेलमा खजुराले २७ का विरुद्ध ७९ अंकले महेन्द्रलाई पराजित गरेको […]

सम्बन्धित