सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : ठुलो परिमाणको लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरीको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल हास्पिटल अगाडीबाट मंगलवार राती ८ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश नं. ५ प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्ज शाखाका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले ३० किलो चरेशसहित सल्यान कुपिन्देह नगरपालिका ८ का ५२ बर्षीय कालीमान बुढा, सुर्खेत गुर्भाकोट १ का ३८ बर्षीय बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट ६ का ५० बर्षीय बलबहादुर बुढालाई ३० किलो चरेशसहित पक्राउ गरेको हो ।
पक्राउ गरिएको चरेशको अन्तर्राष्ट्रीय बजार मूल्य करोडौं मूल्य बराबरको भएको बताइएको छ । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि हिरसातमा राखिएको प्रहरीले बताएको छ ।
