बाँकेका अबैध क्रसर खुलाउन जिल्ला समन्वय समितिको परिपत्र

सदरलाइन संवाददाता १० फाल्गुन २०७९, बुधबार १३:३७
 

नेपालगञ्ज : बाँके जिल्लामा मापदण्ड बिपरित रहेकाले बन्द गरिएका कंसरहरु केही दिन पहिल्य खोल्ने अनुमती दिइएको छ ।

गएको स्थानिय निर्बाचनबाट जिल्ला समन्यव समिति बांकेको प्रमुखमा आएका ज्ञानेन्द्र कुमार चौधरीले आफै हस्ताक्षर गरेर मापदण्ड बिपरितका बाँकेका प्रयाः सबै गैर कानुनी क्रसर उद्योगहरु सञ्चालनका लागि पत्र नै लेखेर अनुमती दिएको पाइएको छ ।


राजनीतिकरुपमा निर्बाचित ब्यक्तिले नितिगत बिषयमा समन्वय र कार्ययोजना बनाउने र लागु गर्ने ठाउँमा पुगेका ज्ञानेन्द्रले प्रशासनिक अर्थात कार्यालयको काम समेत आफै गर्दै जिल्ला समन्वय समितिको लेटर प्याडमा आफै हस्ताक्षर गरेर बांकेका मापदण्ड बिपरित रहेकाले बन्द गराइएका प्रयाः सबै क्रसर उद्योग सञ्चालनका लागि अनुमती दिइएको पत्र लेखि पठाएका छन् ।

अनुमती पत्रमा कस्तो सम्मलाई लेखेर दिइएको छ भने घरेलुमा एक पटक दर्ता गरेका तर मापदण्ड बिपरित रहेकाले नबिकरण नभएका, बालुवा प्रशोधनको लागी भनेर उद्योग दर्ता गरेकालाई समेत क्रसर उद्योग सञ्चालन गर्न ज्ञानेन्द्र चौधरीले हस्ताक्षर गरेर दिएको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा कमिशन खाने ४ कर्मचारी सहित १५ जनालाई कैद

१० फाल्गुन २०७९, बुधबार १३:३७
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा बिभिन्न समान तथा औषधी खरिद बिक्रीको क्रममा कमिशन बापतको घुस खाने र दिने दुबैलाई बिशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार […]