डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १३:२९
 

डोटी : डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र ०१२३ ००१ च ३३२९ नम्बरको जीप केआईसिंह गाउँपालिका–१ स्थित लोली भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय गोविन्द शाही र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर लक्ष्मीराज जोशीले जानकारी दिए ।


उनका अनुसार दुर्घटनामा परी अन्य ६ जना यात्रु घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी पठाइएको छ ।

सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर देशकै उत्कृष्ट

६ फाल्गुन २०७९, शनिबार १३:२९
नेपालगञ्ज : देशभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको […]