वीपी अध्ययन प्रतिष्ठान बाँकेमा युवा नेता कोईराला

६ श्रावण २०७६, सोमबार ११:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँके युवा नेता सुधान्शु कोईरालाको अध्यक्षतामा नया कार्यसमिति विस्तार गरिएको छ । कांग्रेस बाँकेका जिल्ला सदस्यसमेत रहेका कोईरालाको अध्यक्षतामा तदर्थ समिति विस्तार गरिएको हो ।
नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित भेलाले प्रतिष्ठानको कार्यसमिति विस्तार गर्दै उपाध्यक्षमा तोजिन्द्र बिक, सचिव आशिष बर्मा र कोषाध्यक्षमा उमा थापालाई चयन गरेको थियो ।
यस्तै सदस्यहरुमा विश्वजित तिवारी, चेतनारायण शर्मा, अर्जुन ओली, शिवराज सिग्देल, बदरुद्धिन अन्सारी, शरद रेग्मी लगायत रहेका छन् ।
प्रतिष्ठानको विधान अनुसार जिल्ला कार्यसमिति २१ देखि २५ सदस्यीय रहने ब्यवस्था छ । प्रतिष्ठान बाँकेका अध्यक्ष कोइरालाले बाँकी सदस्य संख्या पछि थपिने बताए । भेलाले प्रतिष्ठानको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्यसचिव एवम् नेपाली कांग्रेस बाँकेका पुर्व सभापति सनत रेग्मी, कांग्रेस जिल्ला सचिव तप्त पौडेल, अच्युत प्रसाई, राजुप्रसाद काफ्ले, अशोक बस्नेत र तुलसीराम थारुलाई मनोनित गरेको छ ।
प्रतिष्ठानले विपी स्मृती दिवसको सन्दर्भमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बाँकेमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्तै प्रतिष्ठानको पुस्तकालय स्थापनाका लागि उपाध्यक्ष तोजिन्द्र बिकको संयोजनमा स्थापनाको काम अगाडी बढाउने निर्णय गरिएको छ । सो क्रममा प्रतिष्ठानका अध्यक्ष कोइरालाले संस्थाले जिल्लामा रहेर सामाजिक कामहरु गर्ने जानकारी दिए ।
उनले भने–‘यो प्रतिष्ठानले गैरराजनीतिक रुपले आफ्ना गतिविधीलाई समाजमा प्रस्तुत गर्नेछ, हामीले यो संस्थालाई सामाजिक क्रियाकलापम सक्रिय रुपले अगाडी बढाउनेछौंं ।’

Next Post

नेपालगञ्जमा लागत भन्दा कममा बस खरीद

६ श्रावण २०७६, सोमबार ११:३३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपैयाँ कममा यात्रु बस खरीद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरीद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरीद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस […]

सम्बन्धित