गुणस्तरीय शिक्षाका लागि नेतृत्व लिने नगरप्रमुखको प्रतिबद्धता

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १२:४०
 

नेपालगञ्ज : जननिर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैगिक रुपान्तरण तथा नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा शुरु गरिएको छ । लैगिंक मैत्री गुणस्तरिय शिक्षा, तथा महिलाहरुको नेतृत्वमा पहुच भन्ने मुल उदेश्यका साथ प्लान इन्टरनेशन नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा सिकाइ परियोजना अन्तरगत तालिम कार्यक्रमको आयोजना गरिएको छ ।

तालिम सत्रमा तालिम उदघाटन सत्रको प्रमुख अतितिका रुपमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबीलाल थारुले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि शिक्षामा गुणस्तिर बृद्धिका लागि नगरपालीका संगको समन्वयमा कामहरु गरिरहेको र सस्थाले संचालन गरेका हरेक कृयाकलाप उपलब्धी मुलक रहेको बताए ।

सस्थाले परियोजना संचालन पछि स्थानिय सरकार नपुगेको स्थानमा भौतिक पुर्वाधार निर्माण, प्रबिधि मैत्री शिक्षाका लागि आइसिटि सहयोग, पुर्व प्राथामिक तहमा नमुना कक्षाकोठा ब्यबस्थापनका लागि सामग्री सहयोग,अभिभावक शिक्षा जस्ता कृयाकलाप संचालन बाट बिद्यालय स्तरमा सिकाइ उपलब्धी बृद्धि भएको बताउदै पुन सस्थाले निर्वाचित जनप्रतिनिधिहरुको शिक्षा क्षेत्रको गुणस्तिरीय शिक्षा कायम गर्न र शिक्षाका क्षेत्रमा नेतृत्व प्रदान गर्नका लागि नेतृत्व बिकास तालिमको आयोजना गरि क्षमता बिकासको क्षेत्रमा टेवा पु्र्याए बापत स्याक नेपाल बाँके तथा प्लान इन्टरनेशनललाई धन्यबाद दिए ।

मन्तब्यका क्रममा तालिम तालिमा मात्र सिमित नभइ जनता बाट निर्वाचित पदाधिकारी भएकाले जनताको हरेक काममा नेतृत्व प्रदान गर्न सक्षम तथा सबल नागरिकको रुपमा बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरु लागीरहनु भएको र अझ यस कार्यलाइ प्रभावकारी रुपमा लिनुहुने अपेक्षा रहेको बताउँदै वडा तथा पालीका स्तरमा हुने बिभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने र बारबर्दिया नगरपालिकाको लैगिक मैत्री गुणस्तिरिय शिक्षाका लागि पैरबी हुने बताए ।

आफुपनि संघसस्थाको सुभचिन्तक भएको र सस्थाले गर्ने हरेक कृयाकलापमा सहभागीता भइ कार्यक्रमले दिर्गकालिन रुपमा बारबर्दियाको समग्र बिकासका लागी सबै संघससथा संग वकालत तथा पैरबि गरेको बताउँदै जनप्रतिनिधिहरुको क्षमता बिकास तालिम आयोजना गर्नका लागि सस्था संगको समन्वयकारी भुमिका निर्वाह गरि आजदेखि क्षमता बिकास तालिम शुरु गरिएको नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले बताइन् ।


तालिम उदघाटन सत्रमा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बिगत ४ बर्षदेखि सस्थाले शिक्षा क्षेत्रमा टेवा पुयाउने उदेश्यका साथ बालबालीकाहरुको सिकाइ उपलब्धी बृद्दि गर्न र बालिकाहरुको नियमित बिधालयमा सत् प्रतिशत उपस्थितीका लागी शिक्षकहरुको क्षमता बिकास तालिम, बालबालीकाहरुको बसाइ ब्यबस्थापनका लागी कक्षाकोठा मर्मत सम्भार, भौतिक पुर्वाधार निर्माण, नमुना कक्षा कोठा ब्यबस्थापनका लागि आबश्यक सामाग्री सहयोग, बिद्यालयमा अभिभावक कक्षा संचालन, सिकाइ उपलब्धी कमजोर भएका बालीकाकाहरुका लागी श्रोत कक्षा संचालन सस्थाबाट संचालन भएको छ ।

पालिकास्तरको शिक्षा निति, शिक्षा योजना, स्थानिय पाठ्यक्रम र बारबर्दिया नगरपालीकाको पाश्चचित्र निर्माणका लागि प्राबिधिक तथा आर्थिक सहयोग समेत गरेको बताइन् ।

३ दिनसम्म संचालन हुने तालिमा शिक्षाका लैगिक रुपान्तरण मुखी अबधारण, लैंगिक भूमिकाहरु लैङ्गिक रूपान्तरण दृष्टिकोण, लैङ्गिक रूपान्तरण शिक्षा, लैङ्गिक रूपान्तरण शिक्षाका पक्ष र तत्वहरू, स्थानीय सरकार सञ्चाल ऐन९२०७४, स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व बिकास संघीयता र विभिन्न तहका सरकारका अधिकारहरू , महिला नेतृत्व विकासका आधारभुत सिपहरु लगायत विभिन्न कानुनी व्यवस्था बारे तालिममा छलफल हुनेछ ।

यस तालिममा सहजकर्ताको रुपमा बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल अधिवक्ता राजकुमार चौधरीले दिनुहुने छ । तालिम उदघाटन सत्रमा स्वागत मन्तब्य सस्थाका कार्यसमिति सदस्य बबिता सिंहले गरेका थिए भने कार्यक्रम संचालन परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, वडा नं ८ का वडाअध्यक्ष, सामाजिक बिकास समितीका संयोजक, कार्यपालिका सदस्य, वडा सदस्य गरि २८ जनाको सहभागिता रहेको फिल्ड सुपरभाइजर सिमा वलीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा महिलालाई रोजगारीमा लगाउन अभिभावकलाई तालिम

२९ माघ २०७९, आईतवार १२:४०
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत […]