मिस नेपालगञ्ज र लिटिल मिस भेरी सञ्चालन हुदै

३० कार्तिक २०७६, शनिबार १८:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : एक्स ईभेन्ट म्यानेजमेन्ट एण्ड एड एजेन्सी प्रालि नेपालगञ्जको आयोजनामा मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ सञ्चालन हुने भएको छ ।
मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ को मंसिर ७ र १४ गते अडिशन हुने भएको हो । मिस नेपालगञ्ज २०१९ को मूल उद्देश्य लैङ्घिक समानतामा पहल गर्ने र लिटिल मिस भेरी प्रतियोगिताले सडक वालबालिकाको अभियानमा सहयोग पु¥याउने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मंसिर ७ गतेबाट शुरु हुने मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ अडिशनले प्रतियोगीहरुको ब्यक्तित्व विकासमा जोड दिने एक्स ईभेन्ट म्यानेजमेन्ट एण्ड एड एजेन्सी प्रालि नेपालगञ्जका प्रमुख समिरजंग शाहले बताए ।
उनले लिटिल मिस भेरीमा भाग लिने प्रतियोगिहरुको उमेर ८ देखि १२ बर्ष रहेने र मिस नेपालगञ्जका लागि १६ देखि २४ बर्ष उमेर समूह र उचाई ५ फिट भएको र एसईई उत्तिर्ण गरेकाले भाग लिन पाउने ब्यबस्था गरिएको बताए ।
मिस नेपालगञ्ज २०११ देखि शुरु गरेको बताउदै लिटिल मिस भेरी २०१२ बाट शुरु गरेको जानकारी गराउदै मिस नेपालगञ्ज २०१९ को वीनरले फ्रि एयर होस्टेजको तालिम लिन पाउने ब्यबस्था गरेको प्रमुख शाहले बताए । उ
नले यो प्रतियोगितामा पहिला भाग लिएको प्रतियोगि भन्दा नयाँ अनुहारका प्रतियोगिहरुलाई प्राथमिकता दिने बताउदै प्रतियोगिता र तालिम संगसंगै सञ्चालन गरिने बताए ।
यो प्रतियागितामा धेरै जनाको संखयामा प्रतियोगिहरुको प्रतिष्पर्धा गर्नु भन्दा गुणस्तरमा जोड दिएको प्रमुख शाहले जनाए । मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ को अन्तिम प्रतिष्पर्धा पौष ५ शनिबार गते हुने आयोजकले जनाएको छ ।
एक्स ईभेन्ट म्यानेजमेन्ट एण्ड एड एजेन्सी प्रालि नेपालगञ्जले प्रतियोगितामा भाग लिनका लागि फाराम बितरण गरिरहेको आयोजकले जनाएको छ । कार्यक्रममा मिस नेपालगञ्ज २०१५ की वीनर सुमन थापा र १०१७ की वीनर दिपीका श्रेष्ठको उपस्थिति रहेको थियो ।

Next Post

बर्दिया प्रहरीद्वारा ५८ किलो चरेशसहित पाँच पक्राउ

३० कार्तिक २०७६, शनिबार १८:५३
सदरलाइनडटकम, गुलरिया (बर्दिया) : बर्दिया प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागु औषध चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको छ । बर्दिया प्रहरीका अनुसार प्रहरी सहायक निरिक्षक सुनील बश्याल सहितको विशेष गस्ती टोलीले गुलरिया–७ […]