विजयादशमीमा नौ दिन पुजा गरिने दुर्गाको मूर्ति तयार पारिँदै

सदरलाइन संवाददाता २६ आश्विन २०८०, शुक्रबार १४:०४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उनका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ ।

नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ विजयादशमीको स्थापना गरिने दुर्गा भवानीको मूर्ति (प्रतिमा) बनाउन दिनरात ब्यस्त रहेका छन् । बाँकेलगायतका तराईका जिल्लामा विजयादशमीको घटस्थापनाको भोलिपल्ट द्वितीया दिनमा सहरका चोक तथा गाउँबस्तीमा दुर्गा भवानीको प्रतिमा स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ ।

यसरी स्थापना गरिएका मूर्तिहरु विधिपूर्वक विजयादशीको टीकाको भोलिपल्ट नदी तथा खोलामा विसर्जन गर्ने गरिन्छ । विगत आठ वर्षदेखि दुर्गा भवानीको मूर्ति बनाउँदै आउनुभएका छोटु दुर्गा भवानीसहित गणेश भगवान र अन्य विभिन्न देवीदेउताको मूर्ति तयार पारिएको बताए ।


छोटुले भने, ‘माटो र परालबाट बनाइने भएकाले कम खर्चमै मूर्ति निर्माण गर्न सकिन्छ ।’ दिनरातको मेहनतको तुलनामा कम मूल्यमा मूर्ति विक्री गर्दैआएको उनको भनाइ छ ।

साना र ठूला मूर्ति निर्माण गरेका छोटुले ठूलाखालका मूर्तिको मूल्य १८ हजार रुपैयाँसम्म रहेको बताए । विभिन्न स्थानमा मूर्ति स्थापना गर्नेहरुले पहिले नै भनेअनुसारका मूर्ति तयार पारिरहेका केवट दाजुभाइले हरेक वर्ष विजयादशमीमा यसखालका मूर्तिहरु तयार पार्दै आएका छन् ।

नेपालगञ्जको ट्राफिक चोकलगायत जिल्लाका अन्य स्थानमा समेत यसखालका मूर्तिहरु तयार भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा

२६ आश्विन २०८०, शुक्रबार १४:०४
सुर्खेत : कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली […]

सम्बन्धित