बर्दियामा २ अर्बको लगानीमा चिनी कारखाना बन्दै

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १३:३५
 

नेपालगञ्ज : बर्दियामा पहिलो पटक ठूलो लगानीमा चिनी कारखाना स्थापना हुन लागेको छ । जिल्लाको राजापुर नगरपालिका–५ बदालपुरमा करिब २ अर्बको लगानीमा चिनी कारखाना निर्माणको काम शुरु भएको हो ।

पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् ।

करिब दुई सय बिघा क्षेत्रफलमा उखु लगाउने अनुमान गरिएको छ । परम्परागत धान खेती गर्दै आए पनि अहिले किसान उखु खेतीतर्फ आकर्षित हुन थालेको बदालपुरका किसान उर्मिला चौधरीले बताइन् ।


राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले उद्योगसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षणको शनिबार सार्वजनिक सुनवाइ पछि चिनी कारखाना निर्माणको काम सुरु गरेको छ ।

करिब १८ बिघा क्षेत्रफलमा फैलिएको चिनी उद्योगले आगामी २०८१ साल फागुनसम्ममा उत्पादन शुरु गर्ने लक्ष्य राखेको उद्योगका प्रशासन प्रमुख ईन्द्रप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मजदुरीका लागि भारत जानेको जमुनाहा नाकामा लर्को

२४ मंसिर २०८०, आईतवार १३:३५
नेपालगञ्ज : घरको काम सकेर यतीबेला कर्णालीका विभिन्न ठाउँवाट नागरिकहरु नेपालगञ्जको जमुनाहा नाका भएर भारततर्फ जान थालेका छन् । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान शुरु गरेका हुन । रास्कोट नगरपालिका वडा नं १ कालिकोटका कमलप्रसाद न्यौपाने मङ्सिरमा गहुँ छर्ने काम सकेर अब मजदुरी गर्न भारततिर जान […]